६ जेठ २०८१, आइतबार
Header

किम–ट्रम्प विच दोस्रो शिखर बार्ता फ्रेबुअरी २७ र २८ गते हुने


प्रकाशित: शनिवार, २६ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । उत्तर कोरिया नेता किम जोङ र अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको दोस्रो शिखर बैठक यही फ्रेबुअरी २७ र २८ तारिखमा हुने भएको छ । 


अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्ीवटरमा लेखेर अनुसार भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको हो । 


उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै ट्रम्पले दोस्रो शिखर बैठक भियतनामको हनोइमा बारे टीव्टरबाट जानकारी गराएको हो । 


उत्तर कोरयाली नेता किमको नेतृत्वमा कोरिया आर्थिक समृद्ध राष्ट्र बन्ने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो टीवटरमा जनाएको छ । 


एक अर्कालाई कठोर शत्रुका रुपमा व्याख्या गर्दै आएको दुई मुलुकमा सम्बन्धमा गत वर्षबाट सुधार आएको थियो । 


अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यसअघि गत जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो । 


गत मङ्गलबार ट्रम्पले संसदलाई सम्बोधन गर्दा पहिलो शिखर बैठकपछिका उपलब्धिका बारेमा धेरै चर्चा गरेका थिए । सो सम्बोधनमा बन्दी घर फर्किएको, परमाणु परीक्षण रोकिएको, गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार नभएको बताएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD