काठमााडौं । कास्कीको कास्की माछापुच्छ्रे गाउँपालिकामा ग्याङ फाईट हुँदा एकको निधन भएको प्रहरीले जनाएको छ ।
वडा नं २ च्याङ्लुङ्मा गाँउमा दुई समूहबीच झगडा हुँदा पोखरा महानगरपालिका १६ लामाचौरका २२ वर्षीय मनोज गर्बुजाको मृत्यु भएको हो ।
झगडामा घाइते भएका मनोज को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका १६ लामाचौरका २६ वर्षीय लाल बहादुर गुरुङ र १८ वर्षीय शिव बानियाँ घाइते भएका छन ।
प्रहरीले ग्याङ फाईटमा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
Categorized in समाज