काठमाडौं । तीन बर्ष अघि गएको विनाशकारी भूकम्पमा परि दिवंगत भएकाहरुको सम्झनामा भोली काष्ठमण्डमा बृहत स्मृति सभा हुने भएको छ ।
काठमाडौं महानगरपालिको आयोजनमा साँझ ६ बजे नेपाल सरकारका पर्यटन मन्त्री रबीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सभा हुने भएको हो ।
वि.स. २०७२ बैशाख १२ गते विहान ११ बजेर ५५ मिनेट जाँदा ७.९ रेक्टरको भूकम्प जाँदा १० हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो । हजारौ घाईते भएका थिए भने लाखौ घरवारविहिन हुन परेको थियो ।
Categorized in राष्ट्रिय