२२ बैशाख २०८१, शनिबार
Header

काष्ठमण्डप सर्वसाधरणका लागि खुला गर्न र भौतिक जिम्मेवारी लिन समितिले बुुझायो महानगरलाई  प्रवितेदन 


प्रकाशित: आइतवार, १४ असोज २०८०, २१ः०० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काष्ठमण्डपको पुननिर्माणको हर हिसावको फर फारक र भौतिक जिम्मेवारी लिन आग्रहसति विस्तृत प्रतिवेदन काठमाडौं महानगरलाई बुुझाएको छ । 


आइतवार काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा पूर्व बागमति प्रदेश सभा सदस्य राजेश शाक्यले महानगरका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीलाई सो प्रतिवेदन हस्तान्तरण गरेको हो ।  


सो अवसरमा समितिका अध्यक्ष शाक्यले काष्ठमण्डप निर्माणदेखि सम्पन्न र हस्तान्तरण सम्मको विस्तृत प्रतिवेदन रहेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीलाई बताएका थिए ।

 
उनले काष्ठमण्डप पुुननिर्माण सम्पन्न भएपछि तत्कालिन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई काष्ठमण्डपको चावी हस्तान्तरण गरेको र शाक्यले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई चावी हस्तारण गरेको उल्लेख गरे । 


पुननिर्माण सम्पन्नपछि मिति २०७८ साल चैत्र २१ गते काष्ठमण्डप परिसरमै विशेष समारोहको आयोजना गरी पूर्व राष्ट्रपति भण्डारीले लोकार्पण शिलापत्र अनावरण गरी काष्ठमण्डप प्रवेश गरी त्यसैदिनबाट सर्वसाधरणको लागि पनि खुला भएको घोषणा गरिएको थियो । 


काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएपनि हर हिसाव बुुझाउन र भौतिक जिम्मेवारीहरु लिन महानगरलाई अनुरोधसहितको पत्र बुुझाएको समिति अध्यक्ष शाक्यले जानकारी दिए । 


सो प्रतिवेदनमा समितिले पुननिर्माण सम्पन्न गर्न महानरपालिकाले विभिन्न मितिमा प्रदान गरेको ११ करोड ५० लाख खर्चको आ.व. २०७४/०७५ देखि आ.व. २०७९/०८० सम्मको लेखा परीक्षण प्रतिवेदन पेश गरिएको छ । 


साथै प्रतिवेदनमा समितिलाई आर्थिक दायित्व नपुुग रकम ३६ लाख ८६ हजार १२ रुपिया उन्नसत्तरी पैसा निकासाको लागि समेत महानगरलाई अनुरोध गरिएको छ । 


‘सर्वसाधरणलाई अवलोकनका निम्ति काष्ठमण्डपलाई खुला गर्न तथा नियमित सञ्चालन र संरक्षणको आवश्यक व्यवस्था गर्नको लागि यसको भौतिक रुपमा जिम्मेवारी स्विकार गर्न समेत यस काष्ठमण्डप पुननिर्माण समिति काठमाडौं महानगरपालिकालाई हार्दिक अनुरोध गर्न चाहन्छौ ।’ प्रतिवेदनमा भनिएको छ । 


सो प्रतिवेदन समितिका महासचिव गौतम डंगोलले पढेर सुनाएका थिए । पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । 

 


सो प्राप्त प्रतिवेदन अध्ययनका लागि सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यलाई प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, विभागबाट प्रतिवेदन अध्ययन भएपछि छलफलका लागि सम्पदा पर्यटन समितिमा लगिनेबताए । 


वि. स. २०७२ सालको भूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएको थियो । यसको पुननिर्माणका लागि २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको भेलाको निर्णयबाट तत्कालीन प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भयो । 


काष्ठमण्डप पुननिर्माण सकिएपछि अहिले करिब ६७ लाख रुपैयाँ बराबरका काठलगायत सामग्री बाँकी रहेको समितिले जानकारी दिएको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD