काठमाडौं । काष्ठमण्डप मरुटोलस्थित गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको सिंहसत्तल मन्दिरको भुई तल्लामा रहेको पसल कवल गुठी संस्थान र काठमाडौं महानगरपालिकाको मिलामतोमा गैरकानुनी रुपमा कब्जा गरेको भन्दै काष्ठमण्डप व्यापार समाजद्धारा शनिबार विरोध प्रदर्शन गरेका छन् ।
व्यवसायीहरुले सिंहसत्तल पसल कवल अगाडी नै विभन्न नरा लेखेको प्लेकार्ड र व्यानरसहित विरोध गरेको हो ।
व्यवसायीहरुको अनुसार गुठी संस्थानको खुला बोलपत्र मार्फत स्थानीहरुले पसल कवल पाईसेको र ६ महिनाको अग्रिम भाडा भुक्तानी दिईसक्दा पनि पसल सञ्चालन गर्न नदिई आलटाल गरेकोमा समाजको गम्भिर ध्यानकार्षण भएको जनाएको छ ।
व्यापार समाजले सिंहसत्तलमा पसल नहुँदा यस क्षेत्रको प्राचिन व्यापारको अस्तित्वमा संकट आएको तथा चहल पहल घटेको र व्यापार व्यवासय पनि घटेको, अव्यवस्थित पार्किङ, फुटपाथ बढेको, स्थानीयवासीले घण्टौ ट्राफिक जाम बेहुर्नपरेको, विभिन्न अपराधी क्रियाकलापहरु पनि बढेकोमा आपत्ती जनाएको छ ।
व्यापार समाजका अध्यक्ष शरण कुमार बाँनियाद्धारा एक विज्ञप्ती जारी सो कुराहरु उल्लेख गर्दै विरोध कार्यक्रममा सहभागी हुन आव्हान समेत गरेको थियो ।
Categorized in बजार