२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप पुनर्निर्माणमा महानगरबाट थप एक करोड अनुदान


प्रकाशित: मंगलवार, १५ असार २०७८, २०ः३० बजे
- अजय खड्गी

काठमाडौँ । करिब ९० प्रतिशत पुननिर्माण सम्पन्न भईसकेको काष्ठमण्डपलाई काठमाडौं महानगरले थप एक करोड अनुदान दिएको छ । 


महानगरको थप एक करोड अनुदानसँगै काष्ठमण्डप पुननिर्माणका लागि महानगरबाट ११ करोड ५० लाख अनुदान सहयोग पुगेको पुननिर्माण समितिका संयोजक तथा प्रदेश सभा सदस्य राजेश शाक्यले जानकारी दिए । 


उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणको थालनी २०७५ को वैशाखबाट सुरु गरिएको थियो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो ।


त्यसपछि क्रमश पुनः पाँच–पाँच करोड अनुदान प्रदान गरेको अध्यक्ष शाक्यले बताए । 


ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए । 


पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डप पुननिर्माण करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका बताउँदै काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सम्पुर्ण टिमलाई धन्यवाद समेत दिएका छन । 


लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएकोले छिटैनै पुननिर्माणको काम सकिने शाक्यले विश्वास व्यक्त गरे । 


केही समय अघि काठ अभावका कारण काम रोकिए पनि ब त्यो समस्या पनि समाधान भैसकेको छ । रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर ल्याउँदै आएको र अब काठ अभावले काम नरोकिने उनले बताए । 


शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex