काठमाडौं । काष्ठमण्डप पुननिर्माणले तिव्रता पाएको काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यले जानकारी दिएको छ ।
विहिवार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका अध्यक्ष शाक्यले काष्ठमण्डप पुननिर्माणले औपचारिकता पाईसकको र आगामी २०७६ असारमसान्त सम्ममा भूईतला निर्माण भईसक्ने जानकारी दिए ।
विश्व सम्पदा सुचिमा सुचिकृत ऐतिहासिक काष्ठमण्डप निर्माणको ढिलाईको विषय लिएर विभिन्न चर्चा भईरहेको सन्दर्भमा समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको निर्माण प्रगति के कति र कसरी भईरहेको छ भन्ने बारे जानकारी दिने उदेश्यले पत्रकार सम्मलने गरको अध्यक्ष शाक्यले बताए ।
समितिका अध्यक्ष शाक्यका अनुसार यही माघ १५ गतेबाट काष्ठमण्डका विचका थामहरु माघ मसान्तसम्म उठाई सकिने भएको छ ।
पुननिर्माणको कार्यलाई तिव्रता दिन समितिका सबै उपसमिति, विज्ञ समुह, इन्जिनिरियङ समुह, आर्किटेक्टचरहरुले आ–आफ्नो कामलाई सिघ्रता समेत दिएको शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो पत्रकार सम्मेलनमा सम्पदा विज्ञ प्रेमनाथ मास्केले काष्ठमण्डप भत्किनमा विनाशकारी भूकम्पको मात्र दोष नभएर समय समयमा मर्मत सम्माहरको अभावले पनि भएको बताए ।
विज्ञ शाक्यले कष्ठमण्डप पुननिर्माण कार्यका विचमा धेरै कुरा सिक्न पाएको अनुभव सुनाए । एतिहासिक सम्पदा काष्ठमण्डप ईतिहास विगतमा सुने जस्तै आश्चार्य लाग्ने रहेको मास्केले बताए ।
परम्परागत शौली, सामग्री, प्रविधिसँगै केही नयाँ आधुनिक प्रविधिकोको सँग मिलाएर बन्ने काष्ठमण्डपको स्वरुप झनै हेर्न लायक हुने विज्ञ मास्केले बताए ।
त्यसैगरी ईतिहासविद, आर्टिटेक्चर सुदर्शन तिवारीले काष्ठमण्डपको मौलिकता माटो, ईटा र काठ भएको बताए । यी सामग्रीको समयोजनलाई मिलाएर ऐतिहासिक काष्ठमण्डप निर्माण हुनु पर्नेमा जोड दिए ।
ईतिहासविद् तिवारीले कष्ठमण्डप सातौ सताब्दीमा निर्माण भएको अनुसन्धानबाट थाहा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरी नवौ सताब्दीमा यसको पुननिर्माण भएको थियो ।
तिवारीका अनुसार ४ वटा थाम एघारौ सताव्दीको रहेको छ भने पाचौ सताव्दीका मेथ पनि भेटिएको छ ।
सो पत्रकार सम्मेलनमा काष्ठमण्डपका बास्तुकला विद तथा योजनकार काईवाईडले पनि काष्ठमण्डप पुननिर्माणको कामको बारेमा प्रोजेक्टरमा मार्फत जानकारी दिएका थिए ।
त्यसैगरी पुरातत्व विभागका प्रतिनिधी तथा हनुमानढोका हेरचाह अड्डा प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा काष्ठमण्डप पुननिर्माण अभियानमा सबैको सहयोग र साथ आवश्यक भएको बताईन ।
काठमाडौ महानगरपालिका वडा २३ का वडा अध्यक्ष मचाराजा महर्जनले काष्ठमण्डपको मौलिकतालाई ध्यानमा दिएर पुननिर्माण अभियानलाई सफल पार्न आफ्नो साथ र सहयोग हुने बताए ।
समितिका महासचिव गौतम डंगोलले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा विज्ञहरु कुलमान शाक्य, पदमसुन्दुर जोशी, परियोजना प्रमुख महेन्द्र श्रेष्ठ, १९ वडा अध्यक्ष शशिलाल श्रेष्ठ, २० वडा अध्यक्ष रोजन्द्र मानन्धर, २४ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ र २२ वडा अध्यक्ष चीनिकाजी महर्जनको उपस्थिती रहेको थियो ।
काष्ठपमण्डप पुननिर्माण समितिलाई हालसम्म काठमाडौ महानगरपालिकाबाट ५ करोड पचास लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

Categorized in सम्पदा/संस्कृति