१३ बैशाख २०८१, बिहिबार
Header

काष्ठमण्डप पुननिर्माणको लागि थप ५ करोड हस्तान्तरण, ५५ प्रतिशत काम सम्पन्न


प्रकाशित: शुक्रवार, १० माघ २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्व सम्पदा सुचिकृत काष्ठमण्डप पुननिर्माणको लागि काठमाडौं महानगरपालिको थप रकम हस्तान्तरण गरेको छ । 


महानगरपालिकाले विहिवार एक कार्यक्रम विच काष्ठमण्डप पुननिर्माणका लागि थप ५ करोड रुपैयाँ उपदब्ध गराएको हो ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं. ८ का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यलाई करोड रुपैयाँको चेक प्रदान गरेका छन । 


काष्ठमण्डपमा पुनर्निर्माणका लागि थप रकमसहित १० करोड ५० लाख रकम निर्माण समितिलाई हस्तान्तरण गरिएको महनगरले बताएको छ । 


२०७५ जेठ २९ गते काम  सुरू गर्न ५० लाख रुपैयाँ र त्यसै वर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।  


समितिका अध्यक्ष शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय समितिले काष्ठमण्डप पुनर्निर्माणको काम धमाधम गरिरहेका छन । 


काष्ठमण्डपको ५५ प्रतिशत काम सकिएको मेयर शाक्यले बताउँदै काष्ठमण्डप निर्माण समयमै गर्न समितिलाई आग्रह गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD