१४ बैशाख २०८१, शुक्रबार
Header

काष्ठमण्डप पुननिर्माणको काम कति सकियो त ?


प्रकाशित: मंगलवार, ३१ भाद्र २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौ । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन । 


प्रदेशसभा सदस्य तथा समिति अध्यक्ष शाक्यका अनुसार मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ ।

 
दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका शाक्यले बताउँदै निर्माण सामग्री अहिले सहज भएकोले समयमै काष्ठमण्डपले पूर्ण रुप पाउने बताए । 


विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । 


चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ । 


यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ ।  


प्रचिन भनाई अनुसार बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD