२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप पुनः निर्माण अभियानलाई महानगरले दियो ५० लाख


प्रकाशित:  मंगलबार, २९ जेठ २०७५, २१ः०७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । बिनाशकारी भूकम्पले ध्वस्त पारेको काष्ठमण्डप निर्माणको लागि विगतमा पटक – पटक सम्झौता गरेर पनि असफल भएपछि केही समय अघि प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजक्त्वमा गठित काष्ठमण्डप पुनः निर्माण अभियानलाई सोमबार काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ५० लाख हस्तान्तरण गरेको छ ।

 
एक कार्यक्रमविच मेयर शक्यले ५० लाखको चेक हस्तान्तरण गर्दे काष्ठमण्डप अबको २ बर्षमा पुनः निर्माण भईसक्ने दावी गरेका छन् ।


सो कार्यक्रममा अभियानका संयोजक राजेश शाक्यले हाम्रो सम्पदा आफैँ बनाउँछौँ भन्ने नाराका साथ काष्ठमण्डप पुनःनिर्माण गर्न लागिएको बताउँदै तीन वर्ष अगावै काष्ठमण्डप पुनःनिर्माण सक्ने अध्यक्ष शाक्यको भनाइ थियो ।


कार्यक्रममा महानगरपालिकाका हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदयबहादुर पसखलले पुनःनिर्माणका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिति थियो ।

 
यस अघि विसं २०७४ वैशाख २९ गते र विसं २०७४ जेठ गते भएको सम्झौताले काम गर्न सकेको थिएन । जनस्तरबाटै काष्ठमण्डप पुनः निर्माण हुनु पर्दछ भन्ने चर्को अवाज उठेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex