४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप ज्यासः पसलबाट गरगहना चोरी


प्रकाशित: मंगलवार, २४ पुष २०७५, ०८ः ३०बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका – २३ बसन्तपुस्थित काष्ठमण्डप ज्यासः पसलबाट एक लाख ३३ हजार बराबरको गरगहना चोरी भएको छ । 


महानगरपालिका–२१ लगन बस्ने  ५२ वर्षीया रन्जनामैया शाक्यको ज्यासः पसलबाट सोमबार बिहान ढोका फोडेर सो गरगहना चोरी गरिएको प्रहरीले जनाएको छ । 


त्यसैगरी रुपन्देही देबदह नगरपालिका–५ खैरेनीस्थित नारायण चापागाईको मोबाईल पसलबाट सोमबार बिहान सटरको ताला काटेर नगद ४० हजार रुपैयाँ, मोवाईल २० थान समेत गरी करिब १ लाख ९० हजार बराबरको धनमाल चोरी भएको छ । 


फरार चोरहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex