८ बैशाख २०८१, शनिबार
Header

काष्ठमण्डप औपचारिक उद्धघाटनको तयारीमा


प्रकाशित: शनिवार, १८ मंसिर २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौँ । काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा पुगेकोले उद्धघाटनको तयारीमा छ । 


काष्ठमण्डप पुननिर्माण समितिका संयोजक तथा बागमती प्रदेश सदस्य राजेश शाक्यले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुननिर्माण अन्तिम चरण भएकोले उद्धघाटनको तयारीमा रहेको बताएका छन । 


संयोजक शाक्यले भने,‘हामी पुननिर्माणको अन्तिम चरणमा छौँ । छिट्टै नै यसको औपचारिक शुरुवात गर्नेछौँ ।’ 


पुननिर्माणको सिकाइको सन्दर्भ उठाउँदै उनले काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेपछि आफ्नै स्रोत, सीप र प्रविधिबाट प्राचीन स्मारक पुननिर्माण गर्न सक्छौँ भन्ने भन्ने कुरा पुष्टि भएको समेत बताए । 

 

 

पुननिर्माणको विषमया आयोजित सार्वजनिक सुनावाई तथा पत्रकार सम्मेलनमा सुरुवात देखि हालसम्म भएको प्रगतिबारे समितिका सचिव गौतम डंगोलले प्रष्ट पारेका छन । 


कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको महासचिव डंगोलले जानकारी दिए । 


२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको हो । 


काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो ।


०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्पmत काम अघि बढाउने निर्णय गरेको थियो । 


सचिव गौतम डंगोलकाअनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा ९सानो,० मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ ।


१७ हजार २६० तेलिया इटामध्ये १४ हजार २६० इटाको प्रयोग भइसकेको छ । यसैगरी ९१ ह्जार २५० वटा झिँगटीमध्ये ७४ हजार ४५० झिँगटीको प्रयोग भइसकेको छ । २० वटा कुँपामध्ये १२ वटा प्रयोगमा आइसकेका छन ।


यसैगरी ९ हजार २२४.१३ क्युविक फिट काठ प्राप्त भएको छ । जसमध्ये ८ हजार ३४४.६५ क्युविक फिट काठ प्रयोग भइसकेको छ । पुरानामध्ये ४९३.८ क्युविक फिट काठ प्रयोगमा ल्याइएको छ ।


काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले पनि औल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।


अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७ औँैं शताब्दी हाराहारीमा भएको हुनसक्ने प्रमाणहरु भेटिएको थियो । काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो । 


यसका लागि पुरानो माः अप्पाको नमूनालाई प्रयोगशालामा पठाई इन्जिनियरिङ्ग परीक्षण गराइएको थियो । काष्ठमण्डपमा प्रयोग भएको माः अप्पा हाल बजारमा उपलब्धभन्दा भिन्न आकारको रहेकोले सोहीबमोजिम यसको उत्पादन र आपूर्तिको लागि प्रयास गरियो ।


काष्ठमण्डपको गारोमा प्रयोग भएको माटोको प्रयोगशालामा नमूना परीक्षण गराउँदा (क्ले, सिल्ट र बालुवा) को विशेष अनुपात रहेको माटो प्रयोग गरिएको कुरा देखियो । 


जगमा भरिएको माटोका विषयमा दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीको अध्ययन प्रतिवेदनमा यसमा विशेष अनुपात मिलाएर तयार गरेर भरिएको माटो हो भन्ने कुरा उल्लेख छ । पुननिर्माण गर्दा यही अध्ययनले देखाएको पूर्व अवस्थालाई सोहीबमोजिम पुननिर्माण गराइएको छ ।


कार्यक्रममा पुननिर्माणका क्रममा गरिएका कामलाई समयक्रमसँग विवरणात्मक ढाँचामा सार्वजनिक गरिएको थियो ।


पुननिर्माणका क्रममा अघिल्लो महिना कार्तिकमा, तल्लो छानामा झिँगटी लगाउने काम भयो । माथिल्लो तलाबाट सुरु गरिएको काम तल्लो तलामा पुगेको हो । यससँगै भुइँ तलाको बुर्जाको मिखाफुसि कोलाँ र मुठलमा बुट्टा काट्ने काम, बुर्जाहरुको बार्दली जडान गर्ने कामलाई निरन्तरता दिइयो ।


पुननिर्माणका क्रममा लगाइएका वरिपरिका खटहरु खोलि सकिएको छ । भुइँ तलामा तेलिया टायल लगाउने, पूर्वी प्रवेशको खुड्किला बनाउने काम थालिसकिएको छ ।


कार्यक्रममा वास्तुविद, सल्लाहकार समिति तथा विज्ञ समूहबाट प्रा. डा. सुदर्शन राज तिवारी, कोषप्रसाद आचार्य, काइवाइ सेसहित अधिकारीहरु सहभागी सहभागी थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD