१२ बैशाख २०८१, बुधबार
Header

काष्ठमण्डपको पहिलो तला असारमा


प्रकाशित: शुक्रवार, २४ जेठ २०७६, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा काष्ठमण्डप पुननिर्माणको कार्यको तिव्राताका साथ अघि बढेको छ । 


काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यले अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ बताएका छन । 


समितिले हालसम्म पुननिर्माणको ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको शाक्यले बताए । 


शाकयले पहिलो तला सम्पन्न भएलगत्तै अर्को तलाको काम शुरु गर्ने बताउँदै काष्ठमण्डपको निर्माणको काम निर्धारित समयमै सकिने बताएका छन । 


काष्ठमण्डप पुननिर्माणमा यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको छ । 


गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मुख्य चार थाम उठाइएको थियो जसमध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ ।  


कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । 


काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD