१४ बैशाख २०८१, शुक्रबार
Header

काष्ठमण्डपको धलिं पुजा सम्पन्न


प्रकाशित: आईतवार, ११ साउन २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुननिर्माणका क्रममा शनिवार काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । 


श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिईने धलिं को पूजा गरिएको हो । धलिं काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । 


पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको उपस्थिती रहेको थियो ।


काठमाडौँ महानगर प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै निर्माण÷पुर्ननिर्माणको काम तिव्र गतिका साथ अघि बढाउने जानकारी दिँदै महानगरले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि बजेट उल्लेख्य मात्रमा बजेट विनियोज गर्दै आएको पनि बताए ।


आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ । 


वि.सं. २०७५ वैशाखबाट सुरु भएको पुननिर्माण कार्य समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यले पनि काष्ठमण्डप पुर्ननिर्माणको करीब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।


‘अब दोस्रो तलाको मुख्य दलिन उठाउन र तेस्रो तला बनाउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘हामी समयमै पुर्ननिर्माण सम्पन्न गरेर नयाँ सन्देश दिन चाहन्छौँ ।’ अध्यक्ष शाक्यले भने । 


शाक्यले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुर्ननिर्माण गरिरहेको जानकारी दिए । 


‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ । केही सवलीकरण पनि गरेका छौँ ।’  


काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ । 


प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD