काठमाडौं । काष्ठमण्डपको चार थाम माघ २७ गते आईतबार विशेष पुजाआजा गरी उठाईने भएको छ ।
काष्ठमण्डप पुननिर्माण समितिले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आथित्यमा सो दिन विहान पराम्पगत सकल्प पुजा गरी चार थाम उठाईने छ ।
बृहत जनसहभागिताका बीच उत्सवमय बातावरणमा परम्परागत पूजाआजा सहित सो थामहरु उठाईने समितिले जनाएको छ ।
समितिका अनुसार मूल थामहरूको सामूहिक संकल्प पूजा गरि बाजागाजा सहित उल्लासपूर्वक जात्रा गरी परम्परागत तरिकाले मूल थाम बोकेर हनुमानढोकादेखि काष्ठमण्डपसम्म लैजाने कार्यक्रम रहेको छ ।
यस अघि माघ १० गते समितिले एक पत्रकार सम्मेलन गरी काष्ठमण्डप पुननिर्माणको प्रगती विवरण बारे जानारी दिएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पमा पूर्ण क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण काठमाडौ क्षेत्र नं. ८ ‘क’ बाट निर्बाचित प्रदेश नं. ३ का प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा गठित यस काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको छ ।
Categorized in सम्पदा/संस्कृति