४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डपको चारवटा मुल थाम विशेष पुजा गरी उठाईयो


प्रकाशित: आईतबार, २७ माघ २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । विशेष पुजा गरी आईतबार काष्ठमण्डपको चारवटा मूल थाम उठाइएको छ । 


काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीश्रेष्ठ, काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सभासद राजेश शाक्य र स्थानीवासीहरुले थामको विशेष पुजा गरी पुननिर्माणको मुख्य काम सुरु गरिएको हो ।

 
समितिले गत जेठ ३१ बाट यसको औपचारिक काम थालेको थियो । समितिको विभिन्न उपससमितिहरु र स्थानीयवासीहरुविचको सहयोग कारण मुल थाम उठाउन सहज भएको समितिले जनाएको छ । 


बृहत जनसहभागिताका बीच उत्सवमय बातावरणमा परम्परागत पूजाआजा सहित सो थामहरु उठाएको समितिले जनाएको छ । 


समितिका अनुसार मूल थामहरूको सामूहिक संकल्प पूजा गरि बाजागाजा सहित उल्लासपूर्वक जात्रा गरी परम्परागत तरिकाले मूल थाम बोकेर  हनुमानढोकादेखि काष्ठमण्डपसम्म लगिएको थियो । २०७२ सालको विनाशकारी भूकम्पमा पूर्ण क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण काठमाडौ क्षेत्र नं। ८ ‘क’ बाट निर्बाचित प्रदेश नं. ३ का प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा गठित यस काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । 


समिति गठन भएपछि काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माणको काम भइरहेको छ । 


विश्व सम्पदा सूचीमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनर्निर्माण पुरानै ढाचामा तीन तला हुने पुनर्निर्माण समितिले यस अघि माघ १० गते समितिले एक पत्रकार सम्मेलन गरी काष्ठमण्डप पुननिर्माणको प्रगती विवरण बारे जानारी दिएको थियो । 


पुनर्निर्माणको लागि समितिको महानगरपालिकासँग सम्झौता भएसँगै गत कात्तिक २२ गते काष्ठमण्डपको शिलान्यास गरिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex