काठमाडौं । कालिमाटी तरकारी बजारबाट बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विहानै २ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
फर्सी र काक्रो लिएर आएका ट्रकलाई बिलविजकलगायात कागजात नभेटिएपछि नियन्त्रणा लिएको विभागले जनाएको छ ।
केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बिलबिजक बिनै सामान ल्याएका दुई ट्रकलाई नियन्त्रणमा बताएको छ ।
विभागको टोली सोमबार विहानै अनुगमनको लागि कालीमाटी पुगेको थियो । त्यसैगरी टेलीले अन्य पसल लगायत तरकारीहरु अनुगमन गरेको विभागले जनाएको छ ।
Categorized in बजार