काठमाडौं । पर्वत जिल्लाको कालीगण्डकी नदीमा आईतबार विहान दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ हाम फालेर बेपत्ता भएकी छिन ।
पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनले आत्महत्या गरेकी हुन कि पुलबाट खसेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको बताए ।
Categorized in समाज