काठमाडौं । लामो समयदेखि विग्रेको कालिमाटी शालिकदेखि तहाचालसम्मको सडक व्यवस्थित बनाउने विषयमा सांसद जीवनराम श्रेष्ठले स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेका छन ।
काठमाडौं महानगरपालिका वडा न १३ स्थित कालीमाटी टंकेश्वर निर्माणधिन सडकको निलबाराही जाने बाटो देखि टंकेश्वर पुलसम्मको खण्डमा थप कार्य सडक कालोपत्र र साईडमा ह्युम पाईपको ढल निर्माण गर्ने विषयमा छलफल भएको थियो । साथै सो सडकका लागि फुटपाथ निर्माण गर्ने सम्बन्धमा स्थानीय जनसमुदायसंग छलफल भएको थियो।
सांसाद श्रेष्ठले निर्माणकार्य सम्पन्न भए कालिमाटी शालिक देखि ताहाचल सम्म ब्यबस्थित सडकम पैदल हिड्नेलाई सुरक्षित र सवारीसाधन लाई पनि सहज हुने बताए ।
सो छफलमा कामपा वडा न १३ वडा अध्यक्ष ध्रुव नारायण मानन्धरको उपस्थिती रहेको थियो ।
Categorized in समाज