८ बैशाख २०८१, शनिबार
Header

कालिमाटी तरकारी बजारमा कोरोना परीक्षण


प्रकाशित: बिहिवार, १ जेठ २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार क्षेत्रमा विहिवार कोरोना परीक्षण गरिएको छ । 


तरकारी बजारका व्यवसायी तथा मजदुरहरुको ¥यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटि) र पोलिमेयर चेन रियाक्सन (पिसिआर) परीक्षण कोरोना परिक्षण गरिएको थियो । 


स्वास्थ्य सेवा विभागका महाननिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार ६ सय जनामा चार सयको ¥यापिड टेस्ट र २०० जनाको पिसिआर टेस्टको लागि स्वाव संकलन गरिएको छ ।  


काठमाडौ महानगरपालिकाले कालीमाटी तरकारी तथा फलफुल बिकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

 
बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना परिक्षण सुरु गरिएको हो । 


परीक्षण अवलोकन गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अनगुमन गर्ने क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसिआर परीक्षण पनि गरेका थिए । 


कालीमाटी तरकारी तथा फलफुल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुन्छ ।


जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यकाअनुसार शुक्रवार बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । 


त्यसैगरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, सञ्चारकर्मीहरुको परीक्षण गरिने बज्रचार्यले वताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD