काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी रिहा भएका छन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार दुवै धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी धरौटी बुझाएर रिहा भएका छन ।
सुनिता नेवासँग चार लाख र कमल लामासँग तीन लाख धरौटी माग भएको हो ।
अन्य प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेल कास्कीमा छन ्। ३९ जना प्रतिवादी रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पाँच जना बाहेक अन्य फरार छन ।
8 January 2025, Wednesday
Categorized in सहकारी