काठमाडौं । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको कार दुर्घट्नामा शुक्रवार विहान मृत्यु भएको छ ।
दुर्घट्नामा सांसद वलीको उपचारको क्रममा काठमाडौंको मेडसिटी हस्पिटलमा निधन भएको हो ।
गत २३ गते प्रदेश सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए । उनलाई घोराहीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई ठक्कर दिएको थियो ।
दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद वलीको शुक्रबार बिहान मृत्यु भएको हो ।
पूर्वएमालेबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (९ख) बाट निर्वाचित भएका थिए ।
Categorized in समाज