कार चोरी गरेको अभियोगमा पोखरा महानगरपालिका १० मिलनटोल घर बताउने २३ वर्षीय बिशाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने अमरबिक्रम थापाको बा.२० च २१०२ नम्बरको हाईलक्स कार मंगलबार चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सोही महानगरपालिका-१३ काँहु खोलामा उक्त गाडी सहित सुनारलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज