३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

कार्यसम्पादनमा काठमाडौं भन्दा ललितपुर महानगर अगाडी


प्रकाशित: आइतवार, २६ फागुन २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिकाले २०८०/८१ मा ५४.३ अंक पाएको छ ।


यस अघि २०७९/८० मा काठमाडौं महानगरले ६३.०२ अंक प्राप्त गरेको थियो तर यस पल्ट भने खस्किएको हो । 


वित्त आयोगको २०८०/८१ को देशभरका स्थानीय पालिकाहरुको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरको छ । 

 


छिमेकी महानगर ललितपुर भने यस बर्ष मुल्या.कनमा ७४.७१ अंक प्राप्त गरेको छ जव कि २०७९/८० मा ५९.१८ अंक पाएको थियो । 


त्यसैगरी, वीरगन्जले ४३.०६ अंक प्राप्त गरेको छ । अघिल्लो वर्षको मूल्यांकनमा वीरगन्ज ३३.४९ प्रतिशत अंक पाएर तेस्रो स्थानमा थियो ।

 
गत वर्षको कार्यसम्पादन मूल्यांकनमा ७६.२२ अंकसहित भरतपुर पहिलो भएको छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा ५६.२९ र अघिल्लो वर्ष ७२.२२ अंक ल्याउँदा पनि भरतपुरले अरू महानगरलाई उछिनेको थियो ।


वित्त आयोगको मूल्यांकनमा विराटनगरले ७३.५५ अंक प्राप्त गरी तेस्रो स्थानमा आएको छ ।   


वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा पोखरा ५९.४८ अंक प्राप्त गर्दै महानगरतर्फ चौथो स्थानमा उक्लिएको हो यस अघि ०७९/८० को मूल्यांकनमा २०.७४ अंकसहित पोखरा अन्तिम स्थानमा थियो । 


आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेको छ । त्यसमा बजेट समयमै पेस तथा पारित गर्ने, खर्च व्यवस्थापन, बेरुजु फछ्र्योट, लेखापरीक्षकको सिफारिस कार्यान्वयन, स्थानीय सञ्चित कोषको व्यवस्थापन, आवधिक योजना निर्माण, राजस्वको उचित विभाजनका सूचक छन्‌ । 


घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापतको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिएका आधारमा समेत मूल्यांकन गरिन्छ ।

 

10 March 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex