काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सँग कार्यपालिका बैठक माग गरेका छन्।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रमुख शाहलाई बैठक बोलाउन माग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका हुन ।
१८ जना वडाअध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै वालेनलार्य ज्ञापन पत्र बुझाएर बैठकको माग गरेको हो ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहनुको कारण के हो भन्दै ज्ञापन पत्र बुझाएको प्रवक्ता मानन्धरको भनाई छ ।
23 March 2025, Sunday
Categorized in पालिका