२० बैशाख २०८१, बिहिबार
Header

कार्यपालिका बैठकमा स्व.वडा अध्यक्ष रिजालप्रति शोक व्यक्त, २ गते श्रद्धाञ्जली सभा गरिने


प्रकाशित: आइतवार, ३१ भाद्र २०८०, १२ः०१ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका समिति बैठकमा १६ वडाका अध्यक्ष स्व. मुकुुन्द रिजालको निधनप्रति शोक व्यक्त गरेका छन । 


आईतवार जारी महानगरको २२ औं कार्यपालिका बैठकमा कामपा प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धरले शोक व्यक्त गरेका छन ।

 
उनले स्व. रिजालको निधनले महानगरपालिकालाई ठुलो क्षति पुुगेको बताउँदै रिजाल निर्भिक, स्पष्ट वक्ता र महानगरको योजनामा सक्रिय वडा अध्यक्षको रुपमा रहेको बताए । 


त्यसैगरी वडा १५ का अध्यक्ष ईश्रमान डंगोलले पनि स्व. रिजाल प्रति शोक व्यक्त गरेका छन । उनले स्व. रिजालसँगको सम्बन्ध एकदमै सुखद र मिलनसार व्यक्तित्व भएको चर्चा गरे ।


चःमति जग्गा आयोजनामा रिजालसँगको सहकार्य र सहयोग बारे पनि वडा अध्यक्ष डंगोलले सम्झोका थिए । 


त्यसैगरी बैठकमा सहभागी वडा अध्यक्षहरु पनि रिजालप्रति शोक व्यक्त गरेका थिए । 


महानगरका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले पनि स्व.रिजालप्रति शोक व्यक्त गरेका थिए । 


साथै आगामी असोज २ गते मंगलवार विहान ९ बजे राष्ट्रिय सभागृहमा स्व. वडा अध्यक्ष रिजालको शोकमा श्रद्धाञ्जली सभा कार्यक्रम हुने भएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD