काठमाडौं । लागु औषध मुद्दा कारागार शाखा झापामा पुर्पक्षको लागि रहेका पदमप्रसाद ओली आईतबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध मुद्धामा २०७५ बैशाख २१ गते देखि पुर्पक्षको लागि थुनामा रहेका झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ४८ बर्षीय ओली सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला परेको हो ।
प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज