२ जेठ २०८१, बुधबार
Header

कारागारमा कैदीबन्दी बिच झडप, २ जनाको मृत्युु


प्रकाशित: बुधवार, २४ साउन २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । संखुवासभा कारागारमा कैदीबन्दी विच भएको झडपमा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका छन । 


बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।


बुधवार बिहान भएको झडपमा घाइते दुवैलाई अस्पताल लैजाने क्रममा उनीहरुको निधन भएको प्रहरीले बताएको छ । 


शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए तर ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेको प्रहरीको भनाई छ । 


घट्नबारे थप अनुसन्धन भईरहको प्रहरीले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD