काठमाडौं । प्रहरीले कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकास्थित चेकजाँचको क्रममा नेपालतर्फ आउँदै भारतीय गाडीको सिटमुनि १३ लाख १३ हजार ६ सय ६० रुपियाँ विभिन्न दरका भारतीय रुपियाँ सहित २ लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कंचनपुर गैरीगंगा नगरपालिका–६ बनभेडा घर भई हाल भारतमा होटल संचालन गरी बस्ने ४६ वर्षीय महेन्द्र ओझा र भारतीय नागरिक ४२ वर्षीय राजेन्द्र जाडलाई बिभिन्न दरका नगद १३ लाख १३ हजार ६ सय ६० भारतीय रूपैयाँ सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–२ लिङगेट स्थित ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले सो भारतीय नगद फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार चालक फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज