काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको २९ औं पटक सफल आरोहण गरेर विश्वकीर्तिमानी कामीरिता शेपाले आफ्नो विगतको रेडर्क तोडेका छन ।
कामीरिता शेर्पाले आफ्नै २८ औं किर्तिमान ब्रेक गर्दै आइतबार २९ औं पटक सगरमाथा आरोहण गरेका छन ।
काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिकाका अनुसार उनले आइतबार बिहान ७ः२५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको थिए ।
५४ वर्षीय कामीरिता सोलुखुम्बुको थामेका शेर्पाले १९९२ देखि हिमाल आरोहण सुरु गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन ।
गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए ।
Categorized in राष्ट्रिय