४ जेठ २०८१, शुक्रबार
Header

कामपा २९ वडा भवन बनाउन सार्वजनिक जग्गामा डोजर चलाएपछि विरोध


प्रकाशित: सोमवार, २९ जेठ २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । अनामनगरस्थित एक सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिका २९ वडा भवन बनाउन महानगरले डोजर चलाएपछि विरोध भएको छ ।


महानगरले सो जग्गा खाली गर्न डोजर चलाएपछि जग्गा नजिकै घर भएकाहरुले आफूहरुले संरक्षण गरेको जग्गामा भवन निर्माण गर्न नपाउने भन्दै विरोध गरेका हुन ।


उनीहरुले भूकम्प जस्ता विपद्कालको लागि सो खाली स्थान चाहिने भन्दै वडा भवन निर्माण गर्न नदिने भन्दै विरोध गरेका छन । 

 


अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सो जग्गामा खाली गर्ने क्रममा केही स्थानीयहरुले वडा भवन बनाउनुपर्छ भन्ने अडानमा रहेका छन भने केही सो भवन बनाउन हुँदैन भन्नेमा छन । 


सो विवादविच महानगरले भने डोजर चलाएर जग्गामा भवन निर्माणको लागि तयारी गरिरहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD