काठमाडौं । काठमाडौं महानगरपालिका २८ वडाको वडाभित्रका फुटपाथ सडकमा विरुवा रोपेर फुटपाथ हरियाली बनाउने योजना छ ।
तर केही दिनयता बागबजार, पुतलीसडकको फुटपाथमा केही विरुवा रोपेको पाईएको छ ।
विरुवा रोपेको बारे वडालाई जानकारी नभएको वडा सदस्य विरेन्द्र महर्जनले महानगरखबरलाई बताएको छ ।
वडा सँग समन्वयनै नगरी विरुवा रोपेपछि आफूहरु छक्क परेको वडा सदस्य महर्जनको भनाई छ ।
कसले विरुवा रोपेको सो बारे खोजविन गर्ने र सहकार्य गरेर जाने अवस्था भए सँगै काम गर्ने समेत उनले भने ।
वडा सदस्य महर्जनले वडाको बार्षिक कार्यक्रम अन्तर्गत वडाको बागबजार, पुतलीसडक, कमलादी, प्रदर्शनी मार्ग लगायतका फुटपाथ सडकमा विरुवा रोप्ने योजना रहेको सुनाए ।
Categorized in स्थानिय