६ बैशाख २०८१, बिहिबार
Header

कामपा २८ वडाका स्वयंसेवकले बीमा रकम पाए


प्रकाशित: शनिवार, ५ असार २०७८, १८ः०० बजे
- अजय खड्गी

काठमाडौँ । कोभिड १९ महामारीको समयमा खटिएका काठमाडौं महानगरपालिका २८ वडा बागबजारका स्वयंसेवकहरुले बीमावापतको रकम प्राप्त गरेका छन । 


महामारीको समयमा राहात वितरणमा खटिएका १३९ स्वयमसेवकहरुलाई गएको बर्ष वडाले विमा गरिदिएका थिए । महानगरपालिकाले स्वंसेवकलाई खाजबापत पठाएको रकमले वीमा गरिएको थियो । 


शुक्रवार उनीहरुलाई  वडाध्यक्ष भाइराम खड्गीले रकमवापतको चेक प्रदान गरेका थिए । १३९ जनामध्ये १६ जनालाई कोविड संक्रमण भएको े राष्ट्रिय वीमा कम्पनीमा एकमुष्ट वीमा गराउँदा ८३ हजार ४२० रुपैयाँ रकम लागेको वडासचिव शुशिल कुँवरले बताए ।  वीमा गराएकाले संक्रमण हुनेले जनही १÷१ लाख रुपैयाँ प्राप्त गरेका छन । 


वीमा पाउनेमध्ये युवा सरोकार मञ्चका अध्यक्ष वीरेन्द्र महर्जनले विपदका बेला केही पाइएला भन्ने आशले काम गरेका नगरेको तर त्यसबेला जोखिम मोलेबापत वीमा रकम पाउँदा खुशी लागेको बताए  ।


महिला स्वास्थ्य स्वयमसेविका नारायणदेवी तण्डुकारले पनि समाजिक सेवा गरेर आफूलाई खुुसी लागेको अनुभव सुनाए । वडाका अनुसार राहत कार्यमा खटिनेका लागि वीमा गर्ने वडा २८ मात्र भएको वडाले बताएको छ । 


वडाले गत बर्ष राहत वितरणका लागि स्थानीय क्लव, टोल सुधार समिति, महिला समूह, महिला स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समितिबाट प्रतिनिधिहरुलाई परिचालन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD