काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ का नवनिर्वाचित पदाधिकारीरुलाई सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारले स्वागतसहित बधाई ज्ञापन गरेको छ ।
आईतवार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष भाईराम खड्गी, सदस्य अरुण तण्डुकार, विरेन्द्र महर्जन, सदस्य मिना खड्गी र अनिता कार्की ढलीलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा सामुदायिकका अध्यक्ष विपेन्द्र खड्गी, उपाध्यक्ष् मिना साह, महासचिव कमरुद्धिन मिया, प्रहरी हवल्दार हर्कराज जोशी लगायतले बधाई ज्ञापन सहित खादा ओढाएका थिए ।
Categorized in समाज