५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कामपा २५ वडाले तार व्यवस्थित गर्दै


प्रकाशित: शनिवार, २८ माघ २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २५ ले वडा क्षेत्रभित्र पर्ने अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने भएको छ ।


वडाले फागुन ५ गतेबाट अव्यवस्थित तारहरुको व्यवस्थापनको लागि विभिन्न स्थानीय संघ, संस्था, सरोकारवाला निकायहरुलाई समन्वय गर्न अनुरोध गरेको छ ।


सो दिन असनचोकबाट सरोकारवालाहरुको उपस्थितीमा तारको व्यवस्थापनको कार्य सुरु गरिने वडाले जनाएको छ ।


वडा अन्तर्गत रहेको सडक गल्ली चोकहरुमा रहेको अव्यस्थित तारहरुले गर्दा सहरको सौन्दर्यतालाई नै कुरुप बनाएको र कुनै पनि समयमा दुर्घट्ना भई आगलागी भई मानवीय क्षति समेत हुने जोखिम बढेकोले सो व्व्यवस्थापन गर्न पहल गरेको वडाले माघ २४ गते जारी सुचनमा उल्लेख छ ।

 



फाईल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex