८ बैशाख २०८१, शनिबार
Header

कामपा १९ वडाका आमा समुहलाई नेतृत्व विकास तालिम प्रदान


प्रकाशित: बुधवार, १२ मंसिर २०७५, १८ः१२ बजे
- बिजयकृष्ण श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिका – १९ वडाका आमा समूहलाई तीन दिने नेतृत्व विकास तालिम दिएको छ । 


कामपा वडा न. १९ र UHRC Nepal को संयुक्त आयोजनामा शहरी सामुदायिक स्वास्थ्य क्लिनिक, वडा नं. १९ मा सञ्चालित समुदाय सशक्तीकरण तथा आमा तथा बालबालिका दुवैको स्वास्थ्यमा सुधार ल्याउन आमा समूहलाइै तालिम प्रदान गरिएको हो । 


कामपा वडा नं. १९ को आमा समूहका सदस्यहरूका लागि आयोजित नेतृत्व विकास (Training for Empowering Community through Leadership Development of Mothers' Group for Improving Women's and Children's Health)  सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । 


तालिममा सहभागीहरुलाई एक कार्यक्रमका बीच कामपा वडा नं. १९ का वडा अध्यक्ष शशिलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । 


उक्त अवसरमा वडा अध्यक्ष श्रेष्ठले १९ वडाको शहरी स्वास्थ्य क्लिनिकलाई अस्पतालमा बदल्ने आफ्नो योजना रहेको बताए । 


वडा सदस्य रेणु कमल शाहीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रशिक्षक डा. बाबुराम गौतमले आमा समूहलाई नेतृत्व विकासका साथै विभिन्न स्वास्थ्य समस्याका बारे जनतालाई सहयोग प्रदान गर्न र वकालत गर्न सक्षम बनाइएको जानकारी दिए । 


तालिममा आमा समूहका १५ जना सदस्यहरुलाई विभिन्न रोग, उपचार, उपलब्ध स्वास्थ्य सेवा, स्वास्थ्य बीमा, नेतृत्व विकास, शहरी समुदायमा रहेको समस्या, जीवन पद्धति आदिका बारे डा. बाबुराम गौतम र प्रा. जगतमान श्रेष्ठले प्रशिक्षण सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी मध्येबाट शर्मिला स्थापित र अमिरा श्रेष्ठले कार्यक्रम निकै उपयोगी रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD