४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कामपा १८ वडा भवन पुननिर्माण सुरु


प्रकाशित: सोमबार, ७ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १८ को वडा भवन पुननिर्माण भनवको सोमबारबाट सुरु भएको छ ।

 

महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडाको जग पूजा तथा शिलान्यास गरेर पुननिर्माण कार्य औपचारिक रुपमा अघि बढाएको हो ।

 

प्रमुख शाक्यले वडाको आफ्नै व्यबस्थित भवन भएपछि, शुशासनका अन्य सूचकमा सुधार गर्न सकिने बताए ।

 

वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले वडा भवन बाहिरबाट हेर्दा परम्परागत शैलीको हुने र भित्री संरचना बलियो हुने जानकारी दिए ।

 

नरदेवी आयुर्वेदिक अस्पतालसँगै साविककै ठाउँमा निर्माण हुने सो भवनको प्लिन्थ एरिया ३०० स्क्वायरफिट को हुनेछ भने कुल फ्लोर एरिया १०५० स्क्वायर फिट हुनेछ ।

 

भवनको ढाँचा मौलिक र परम्परागत शैलीको हुनेछ । ३५ लाख ४३ हजार ४४३ रुपैयाँ २० पैसामा ठेक्का पाएको माउन्टेन टु तराई कन्स्ट्रक्सनले आगामी २०७६ साल कार्तिक ६ गते भित्र पुरा भवन निर्माण गरिसक्नु पर्ने छ ।

 

भवन निर्माणको लागत हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्ने छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex