८ बैशाख २०८१, शनिबार
Header

कामपा १८ वडा पुननिर्माण सम्पन्न भवनको उद्घाटन


प्रकाशित: शनिवार, १८ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १८ को पुननिर्माण भवनको शनिवार प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन । 


प्रमुख शाक्यले सांस्कृतिक ऐतिहासिक काठमाडौं सहरको हनुमान ढोका बिश्व सम्पदा क्षेत्रमा परम्परागत शैलीमा वडा कार्यालय निर्माण सम्पन्न गर्न पाउँदा मलाई खुशी लागेको बताए । 


करीब ६० लाख रुपैयाँ लागतमा पुननिर्माण सम्पन्न भएको उक्त वडा भवन हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्गमा पर्दछ । 


प्रमुख शाक्यले गएको बर्ष माघ ७ गते भवन निर्माणको शिलान्यास गरेका थिए । 


उद्घाटन अवसरमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सांस्कृतिक सुहरको बीचमा रहेको वडा कार्यालयको भवन परम्परागत शैलीमा पुननिर्माण हुनुले महानगर सम्पदा व्यवस्थापनमा चनाखो भन्ने सन्देश दिएको बताए । 


कार्यक्रममा बोल्दै वडाध्यक्ष न्हुछेकाजी महर्जनले वडा पुननिर्माणले सेवाग्राहीलाई सहज हुने बताउँदै वडा पनि सम्पदामैत्री बनाएको जानकारी दिए । 


वडा भवनमा चार ओटा सीसीटिभि क्यामेरा जडान गरिएका छ भने वडाभरी विभिन्न ठाउँमा २४ ओटा सीसी क्यामेरा राखेको वडा अध्यक्ष महर्जनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD