६ भाद्र २०८३, शनिबार
Header

कामपा १६ वडा भवनको प्रमुख शाक्यद्धारा शिलान्यास


प्रकाशित: शनिवार, ३० साउन २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरको वडा १६ कार्यालय भवनको महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन । 


शनिवार प्रमुख शाक्यसँगै अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष मुकुन्द रिजाल, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वडा सदस्यहरुले शिलान्यास पूजा गरेका थिए ।

 
भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुल्ला प्रतिस्पर्धाबाट गौरी पार्वती÷के एण्ड के। जी ÷ रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९।१६ प्रतिशत कममा निर्माण कबोल गरेर जिम्मा पाएको छ ।


यसको निर्माण अवधि १८ महिना (०७९ फागुन १५) सम्म रहनेछ । भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । 


भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।


१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ ।


शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारका विषयमा कुरा गर्दै 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex