काठमाडौं । काठमाडौं महानगरपालिका- १६ वडाबाट निर्वाचित वडा अध्यक्ष रोजिना श्रेष्ठले सपथ ग्रहण गरेकी छिन ।
श्रेष्ठलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) सपथ ग्रहण गराएका हुन ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।
आइतवार सम्पनन स्थानीय उपनिर्वाचनमा रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिनिर्वाचित भएकी हुन् । उनले २ हजार२०९ मत ल्याइ बिजयी भएकी हुन ।
नेकपा एमालेका लक्ष्मी तुलाधारले २ हजार २२० मत पाएर दोस्रो भए भने नेपाली कांग्रेसका देवेन्द्र मानन्धरले २ हजार २१४ मत पाएर तेस्रो भएका थिए ।
यस अघि काठमाडौं-१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।
Categorized in स्थानिय