८ बैशाख २०८१, शनिबार
Header

कामपा १५, १७ र २७ वडामा विपद व्यवस्थापन परियोजना सञ्चालन हुने


प्रकाशित: आईतवार, २० भाद्र २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरका वडा १५, १७ र २७ मा ‘समुदायमा आधारित विपद व्यवस्थापन परियोजना’सञ्चालन हुने भएको छ । 


जापान सरकारको विदेश मन्त्रालयले उपलब्ध गराएको आर्थिक सहयोगमा जापान अन्तरराष्ट्रिय सहयोग कार्यक्रम, काठमाडौँ महानगरपालिका र राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, नेपालको सहकार्यमा परियोजना सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । 


कार्यक्रमअन्तर्गत विपद व्यवस्थापन सञ्जाल निर्माण र शशक्तिकरण क्रियाकलाप, प्रकोप जोखिम तथा प्रभावित क्षेत्रका समुदायलाई विपद् व्यवस्थापन सामाग्री वितरण, राहत र पुनस्र्थापना कार्यक्रम, विपद पूर्व तयारीका लागि जागरणमुलक क्रियाकलाप सञ्चालन गरिनेछन । यसैगरी नेपाल सरकारले निर्माण गरेको विपद रणनीति योजनालाई स्थानीयकरण गर्न सहयोग गरिनेछ भने नेपाल सरकार जापान सरकारका अधिकारीविच अनुभव आदानप्रदान गरिनेछ ।


सञ्जालको पहिलो बैठकमा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भौगोलिक परिस्थितिअनुसार नेपालमा प्राकृतिक र मानव सिर्जित दुवै खालका विपत्ति हुने गरेको बताउँदै रोक्न नसकिने विपत्तिबाट समुदायमा कमभन्दा कम क्षतिका लागि तयारीमा जुट्न अवेर भइसकेको बताईन । 


सो अवसरमा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आफ्नो वडाको डल्लु आवास क्षेत्रमा सडक र खाली ठाउँका लागि स्थानीयको जग्गा योगदानको कुरा गर्दा आफूले धेरै आलोचना खेपेको विगत स्मरण गराए  । 


भुइँचालेमा खाली जमिन चाहिएपछि बल्ल त्यसबेलाका कामको प्रशंशा भएको थियो । बस्नका लागि घरको जति खाँचो छ । आपतमा बाँच्नका लािग खुल्ला ठाउँको त्यति नै खाँचो छ । यस्ता विषयमा बुझाइ बढाउनु छ । डंगोलको भनाइ थियो ।


बैठकमा विपद व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, महानगरको विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ,  कार्यक्रमका नेपाल निर्देशक विजय श्रेष्ठ, वडा सदस्य परिवेशमान बज्राचार्य, कार्यक्रमका क्लिनिकल मनोपरामर्शदाता डा. विजय ज्ञवालीले आ–आफ्ना अनुभव सुनाएका थिए । 


यो परियोजना काठमाडौँ महानगर र सप्तरीको सप्तकोशी नगरपालिकाका छनौटमा परेका वडाहरुमा सञ्चालन हुनेछ । 


सो छलफलका क्रममा भूकम्पका समयमा अपनाउनु पर्ने सुरक्षा प्रयास, घरबाट बचेर बाहिर आएपछिको सुरक्षा, त्यसबेला मृत्यु हुनेहरुको व्यवस्थापन, घाइते भएकाहरुको उपचार, सामान्य तर घर फर्किन नसक्नेहरुको बास र खानाको प्रबन्ध कसरी हुन सक्छ ? 


त्यसैगरी घटना सम्झिएर डराउने, तर्सिने र सामान्य जीवन असजिलो हुनेहरुसहितका विरामीहरुको पुनस्र्थापनाको योजनाका विषयमा कुरा भएको थियो । भूकम्पसँगै बाढी, हुरी, सडक दुर्घटना, पहिरो, आगलागी, सडक दुर्घटनाजस्ता घटना व्यवस्थापनमा समुदायको भूमिकाका विषयमा छलफल भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD