काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तथा महानगर प्रवक्त ईश्वरमान डंगोलसहित ४६ जनाको कारोना टेस्ट परिक्षण गरिएको छ ।
शुक्रवार १५ वडाको सामुदायिक स्वास्थ्य परिषद् परिसरमा ४६ जनाको कोरोनाको Rapid Diagnostic Test RDT परीक्षण भएको हो ।
काठमाडौं महानगरपालिकाको संयोजनमा १५ वडाको सक्रियतामा हालसालै विदेशबाट आएका व्यक्तिहरुको हो ।
१५ वडा अध्यक्ष ईश्वरमान डंगोलले अन्य व्यक्तिहरुलाई हौसला प्रदान गर्न परिक्षण गरिएको बताएको छ ।
स्वास्थ्य सेवा बिभागबाट ईपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पिताम्बर पन्त, राजेन्द्र खड्का, बुद्ध रत्न महर्जन, फणेन्द्र ज्ञवालिलगायतका ल्याव टेक्निसियन अफिसरहरुबाट टेष्ट भएको हो ।
वडा अध्यक्ष डंगोलका अनुसार अहिलेसम्म वडावासिहरुको सहयोगका कारण वडा सुरक्षित भएको र आगामि दिनहरुमा पनि लकडाउनको पालना गरि वडालाई अझ सुरक्षित बनाउनमा मद्दत गर्न लकडाउनको पालना गरि घरमै बस्न आग्रह गरे ।
कोरोना परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
Categorized in समाज