१५ बैशाख २०८१, शनिबार
Header

कामपा १५ वडाले बाहिरवाट आएकाहरुको डाटा कलेक्सन गर्ने


प्रकाशित: शुक्रववार, २ जेठ २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका १५ वडाले वाहिरवाट आएकाहरुको डाटा कलेक्सन गर्ने भएको छ । 


महानगर प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा वसेको बैठकले वडा भित्रको सुरक्षादेखि लिएर जनचेताना सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । 


बैठकमा बाहिरबाट आएकाहरुको डाटा कलेट गरेर तुरुन्त टेकु अस्पतालमा (आरडटी र पीसीआर) चेक जाँच गर्ने व्यवस्था मिलाउने, फुटपाट तरकारी पसलहरु स्थानीय संघ संस्थाहरु संग समन्वय गरेर व्यवस्थापन गर्ने,शान्ति सुरक्षा र जनचेतना सम्बन्धि माइकिङ गर्ने निर्णय गरेको छ ।


त्यसैगरी टोल टोलमा स्थानीयलाई नै स्वयंसेवकको रुपमा परिचालन गर्ने, कसैको सद्भाव नबिग्राने लगायतका निर्णय भएको हो ।


संक्रमण ऐन अनुसार अनावश्यक बाहिर निस्कने र बाहिरी जिल्ला बाट आएका व्यक्ति घर धनीले लुकाएको पाईएमा कानुन बमोजिम कार्वाही गर्ने र उचित क्वरेनटाईन चाडै नै निर्माण गर्ने समेत निर्णय भएको छ ।


वैठकमा वडा सदस्य निमा घ्याम्छो, वडा सदस्य आनन्द राम गौतम,वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, वडा सदस्य अनिता परियार, प्रहरी उप महानिरीक्षक महानगरीय वृत्त स्वयम्भूका लाल ध्वज सुवेदी , राजनीति प्रतिनिधिहरु केदार धमला, शंखर पुदसैनी, अमिन पाण्डे, किरण साही लगायतको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD