१६ चैत्र २०८०, शुक्रबार
Header

कामपा १५ वडाले बालवालिकासँग लैङ्गिक हिँसाबारे अन्तरक्रिया गरयो


प्रकाशित: बुधवार, २२ मंसिर २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरको वडा १५ कार्यालय र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्त आयोजनामा विद्यालयका बालवालिकासँग लैङ्गिक हिँसाबारे प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न गरेको छ । 


सो अवसरमा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, सामाजिक न्यायमा आधारित समाज निर्माणलाई महानगरले प्राथमिक योजनाका साथ दायित्व लिएको बताए । 


कायक्रममा वडा सदस्य मैयाँलक्ष्मी महर्जनले जागरणमुलक कार्यक्रमबाट व्यक्तिहरुमा हिँसाका लागि आउन सक्ने भाव घटाउने दिशामा हामी कार्यक्रम गरिरहेको जानकारी दिए । 


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले, हिँसा न्युनीकरण तथा व्यवस्थापनका लागि समुदायकै भूमिका ठूलो हुने उल्लेख गरे । 


कार्यक्रममा सहभागी विद्यार्थीहरुले हिँसा, यसका प्रकार र सुरक्षाका विषयमा प्रश्न राखेका थिए ।


हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यही अभियानका अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो ।


महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुृन । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ ।


नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । 


त्यस अवसरमा नेपाली सेनाको महावीर सौर्य गण (रेञ्जर) आइकीडो डोजो छाउनीले आत्म सुरक्षा सम्बन्धी प्रदर्शन गरेको थियो ।


सन १९९१ देखि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । 


यस बर्ष मंसिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस बर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ रहेको छ ।


तस्वीरः चन्द्रमणी भट्टराई

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD