७ बैशाख २०८१, शुक्रबार
Header

कामपा १५ वडाले पाँच स्थानवाट दैनिक १७५० लाई खाना खुवाउँदै


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको वडा १५ ले पाँच स्थानवाट दैनिक १७ सय ५० व्यक्तिलाई खाना खुवाइरहेको छ ।


वडाको पहलमा अन्नपूर्ण चोक, बुद्धपार्क (३५०), चमति (४००), स्वयम्भू भूईखेल (६००) र जर्मन क्वाटरवाट नियमित खाना खुवाईरहेको जनाएको छ । 


लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर वडाले चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरेका थिए ।  


वडाको श्रोतमा स्थानीय दाताहरुले उपलब्ध गराएको सामाग्री मिलाएर सञ्चालन भइरहेको सामुहिक मेसको महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र संघीय संसद सदस्य जीवनराम श्रेष्ठले निरीक्षण गरेका छन । 


सांसद श्रेष्ठले वडाको स्रोत र स्थानीय दाताको सहयोग भईरहेको यस मानवीय कार्यको प्रंसशा समेत गर्दै यसलाई लकडाउन सकिएको कम्तीमा पनि ३ दिन पछिसम्म चलाउन पाइयो भने असहायहरुलाई पुनस्र्थापना हुन सजिलो हुने भनाई राखे । 


त्यसैगरी प्रमुख शाक्यले भने, ‘मानवीय भावनाले रातदिन खटेर धेरै व्यक्तिहरु सक्रिय भएको देख्दा खुशी लागेको छ । उहाँहरुमा लाभको भावना होइन सहयोगका भावना छ । यसरी महानगरलाई सहयोग गर्ने सबैप्रति म आभारी छु ।’


भुइँखेलमा भएको भान्छा चलाउन आईतवार स्थानीय बिद्यालयहरुको संस्था पिजाले ४० बोरा चामलसहित, दाल, चामल र नुन सहयोग उपलब्ध गराएको छ । 


त्यसै गरी बिद्युत बिक्री संघले १० सिलिण्डर ग्याँस, चामल, दालसहित करीब १ लाख रुपैयाँको खाद्य सामाग्री उपलब्ध गराएको छ ।


स्थनीय दाता, संघ, सस्थाको सहयोगवाट उत्साहित भएका वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल फिजिकल दुरी मिलाएर, खाना आउनेको ज्वरो मापन गरेर, व्यक्तिलाई निसंक्रमण गराउँछौं र खाना खुवाईरहेको वताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD