१७ बैशाख २०८१, सोमबार
Header

कामपा १५ वडामा स्वास्थ्यको लागि साईकल प्रशिक्षण (भिडियो वार्ता) 


प्रकाशित: शुक्रवार, १२ साउन २०८०, १५ः०० बजे
- अजयकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ मा स्वास्थ्यको लागि साईकल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । 


नगर कार्यपालिका सदस्य समेत रहेकी वडा १५ की सदस्य मैंयालक्ष्मी महर्जनको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । 


महर्जनले अहिलेसम्म साइकल सिक्न आउनेको संख्या ६० जना सम्म पुुगिसकेको र अझै बढ्ने क्रममा रहेको जानकारी दिइन । 

 


‘अहिले मानिसहरु विभन्न रोगहरुका पीडित छन, साईकल सिक्दा रोगहरुबाट टाढा हुन्छ भन्ने नाराका साथ स्थानीय दिदिहरुसँग कुरा गरेर साईकल प्रशिक्षण कार्यक्रम सुरु गरेको हु ।’ उनले भनिन ।


असार २३ बाट सुरु गरिएको यस प्रशिक्षणमा पहिलो चरणमा ५० जना सम्मलाई सिकाउने भनिएपनि सिक्ने आउनेहरुको संख्या बढेकोले थप आउनेहरुलाई दोस्रो चरणमा लगिने पनि वडा सदस्य महर्जनको भनाई छ । 

 


पूर्ण रुपमा निःशुल्क प्रशिक्षण हुने भएकोले इच्छुकहरुले साईकल सिकेर आफूलाई स्वास्थ्यसँगै आत्मनिर्भर पनि बनाउन सकिने उनले बताईन । 


‘स्वस्थ्य रहौँ, साइकल चलाऔँ’ नारा राखेर प्रशिक्षण सुरु गरिएको यस प्रशिक्षणलाई वडाले सहयोग गरेको छ । 

 


वडा सदस्य तथा प्रशिक्षण संयोजक महर्जनले अहिले १० वटा साइकलबाट प्रशिक्षण कार्यक्रम संचालन गरेको जानकारी दिँदै सिक्न आउने केहीहरुले आफै पनि साईकल ल्याउने गरेको बताईन । 


प्रशिक्षणमा ९ बर्षको बालकदेखि ६० बर्ष उमेर समुहरुको आमादिदिहरु सहभागी हुने गरेको उनले सुनाईन । यस कार्यक्रमबाट समुदायमा महिलाहरु एकदमै उत्साहित भएको पनि बताईन । 


प्रशिक्षण लिईसकेपछि उनीहरु सजिलैसँग साईकल टुर, मर्निंक वाक देखि दैनिक कामको लागि साइकल प्रयोग गर्न सक्नेसँगै स्वास्थ्यको लागि राम्रो हुने भएकोले यस सकारात्मक सोचका साथ अघि बढेको वडा सदस्य महर्जनको भनाई  छ । 

 


विहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने यस प्रशिक्षणमा सहभागी हुन उनले आग्रह समेत गरेकी छिन ।


महर्जनले यो कार्यक्रम अब नियमित रुपमा हुने र यसको लागि वडासँग थप समन्वय गर्दै अघि बढ्ने जानकारी दिईन । साथै प्रशिक्षणको लागि  स्वयम्भूू साइकल पुचः संस्था पनि गठन गरेको बताईन । 


यस अघि प्रशिक्षण कार्यक्रम अवलोकन गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि आएको हुनाले कार्यक्रमको प्रभावकारिता बढेको महर्जनले बताईन । 

 


महर्जनको अनुसार स्वयम्भू भुइँखेलमा पाका उमेरका महिलाहरु भेला भएर साइकल चलाएको अवलोकन गरेपछि उपप्रमुख डंगोलले साइकल चलाउन सक्ने भएपछि आमा हजुरआमाहरुले नजिकैको कुनै काममा जानु परे छोरा, वुहारी, नाति या नातिनी गुहार्नु नपर्ने अवस्था भएको बताएको उनको भनाई सुनाईन । 


यो प्रशिक्षण महानगरको ३२ वटै वडामा हुनु पर्ने महर्जनको भनाई छ । उनले भनिन,‘ आफू कार्यपालिका सदस्य समेत भएकोले सबै वडाको मेरो पनि दायित्व भएकोले अर्को आ.व.मा यसलाई कार्यक्रमको रुपमा प्रस्ताव लग्छु ।’ 


यस अघि पनि पूर्व प्रमुख विद्यासुन्दर शाक्यको पालमा साईकल प्रशिक्षणको विषयमा एक कार्यक्रम समेटिएको थियो तर कसैले पनि वास्ता नगरेपछि त्यसबेला निरन्तरता पाउन नसकेको उनले भनिन ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD