४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कामपा १४ वडा भवन उद्धघाटन, हरिभवन गलत नियत राख्नेहरुको कारण बनेनः प्रमुख शाक्य


प्रकाशित: शनिवार, ५ चैत्र २०७८, २०ः१९ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले शनिवार काठमाडौं महानगर वडा १४ को नयाँ भवन उद्धघाटन गरेका छन । 


बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतिर रहेको सो भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने,‘महानगरको हरिभवनलाई पुननिर्माण गरेर केन्द्रीय भवन बनाउन नीति बनायौँ । बजेटको व्यवस्था ग¥यौँ तर गलत नियत राख्ने केही व्यक्तिहरुका विरोधका कारण काममा अवरोध भयो ।’

 

हामीले बल गरेर कुनै काममा पनि जोड गरेनौँ । विवाद सिर्जना भएपछि उहाँहरुसँग उपयुक्त विकल्प मागेका थियौँ । विकल्प पनि नदिने, कामको पनि विरोध गर्ने प्रवृत्तिले हरिभवन बन्न सकेन । जग्गा भएका ठाउँमा वडा कार्यालय बनायौँ । संरचना थप गर्दा हुने ठाउँको स्तरउन्नति ग¥यौँ ।’ प्रमुख शाक्यले भने । 


प्रमुख शाक्यले सुविधा सम्पन्न भौतिक संरचनाबाट मात्र गुणस्तरीय सेवा दिन सकिने भएकोले आफूहरु निर्वाचित भएर आएपछि सबै वडाको आफ्नै भवन बनाउने नीतिअनुरुप काम गरेको बताए । 


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु कामपा २५ वडा अध्यक्ष नीलकाजी शाक्य, १३ वडा धु्रवनारायण मानन्धर, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 


वडाध्यक्ष शोभा सापकोटाले पर्याप्त ठाउँसहितको नयाँ वडा भवन प्राप्त हुनु वडाबासीका लागि हर्षको विषय भएको बताईन । यस अघि वडाको सम्पूर्ण कार्य भाडाको घरबाट सञ्चालन भईरहेको थियो । 


भवन बनाउन २०७६ बैशाख ४ गते प्रमुख शाक्यले शिलान्यास गर्नुभएको थियो । ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा अनुमान गरिएको भवन निर्माणका लागि ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गर्ने ठेक्केदार छनौटमा परेको थियो ।


साढे ४ तलाको नवनिर्मित वडा भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट छ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट छ । यहाँ ३० वटा मोटरसाइकल पार्किङ् गर्न सकिन्छ । 


भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट छ । आरसीसी फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडानको काम बाँकी छ । यस अघि छुट्टै ठाउँबाट सञ्चालन भइरहेको वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिनेछ ।


यो अपाङ्गमैत्री भवन हो । हरेक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । भवनमा दर्ता चलानी गर्ने ठाउँ, वडा क्लिनिक, कर्मचारी र जनप्रतिनिधिका लागि छुट्टा—छुट्टै र व्यवस्थित कार्यकक्ष, बैठक कक्ष, पुस्तकालय, प्राबिधिक कक्ष, सहजकर्ता कक्ष छन ।


महानगरले वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न गरेको छ । यसैगरी वडा २, ६, १२, १६, २०, २१, २२, २७ र ३१ गरी ९ वटा वडा कार्यालय भवन निर्माणाधीन तथा सम्पन्न हुने चरणमा छन । 


वडा ६, ७, १०, ११, १५ र ३२ गरी ६ वटा वडाहरुको स्तरोन्नति गरेर व्यवस्थित गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika