५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कामपा १० र १८ वडाले परिचयपत्र फारम भर्दै, १५ वडाले २२ गतेबाट 


प्रकाशित: विहिवार, १९ माघ २०७९, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरकाको १० र १८ वडाले पनि राष्ट्रिय परिचय पत्र बनाउन लागि फोटो खिच्ने र विवरण लिने कार्य सुरु गरेको छ । 


महानगरपालिकाले माघ १० गतेबाट वडाहरुबाट परिचय पत्रका लागि विवरण भर्ने आव्हान गरेपछि वडाहरुले सो कार्य सुरु गरेको हो ।


काठमाडौं महानगरपालिका वडा १५ ले भने २२ गतेबाट परिचयपत्रको लागि काम फारम भर्ने काम सुरु गर्ने भएको छ । 


यस अघि २५, १९, २२, २७, २८ लगायतका वडाहरुले विवरण भर्ने कार्य सुरु गरिसकेका छन ।  वडा अनुसार एक दिनमा ५० देखि ७० जनासम्मको विवरण भरिँदैछ । 


कार्यलय समयमा वडावासीले आईतवादेखि विहिवारसम्म विहान १०देखि ४ बजेसम्म र शुक्रवार २ बजेसम्म विवरण दिन सक्नेछ । 


वडाले माग गरेको आवश्यक सक्कल कागजातहरु लिएर जानु पर्ने हुन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex