काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ ले युवासँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शनिवार (असार ३२ गते) वडाको विकास र समृद्धिको लागि वडाका स्थानिय युवासँग अन्तरक्रिया कार्यक्रम राखेको वडा अध्यक्ष विमलकुमार होडाले बताएका छन ।
युवा लक्षित कार्यक्रममा सम्पूूर्ण युवाहरु भेला भई आफ्ना जनप्रतिनिधीलाई विकासको योजनामा सहयोग गर्न वडा अध्यक्ष होडाले आव्हान समेत गरेका छन ।
विहान ८ बजे जय बाघेश्वोरीस्थित गोल्डेन पार्टी प्यालेसमा हुने सो कार्यक्रम वडाका गतिविधी, वडासँग युवाको सहभागिता, विकास सरोकार लगायत विषयमा छलफल हुने भएको छ ।
यस वडा यस अघि पनि निरन्तर नयाँ कार्यक्रमका साथ वडा वासीलाई जोड्दै अघि बढेको छ ।
Categorized in स्थानिय