१४ बैशाख २०८१, शुक्रबार
Header

कामपा वडा ७ का चार सामुदायिक विद्यालयलाई खेलखुद समाग्री वितरण 


प्रकाशित: आईतवार, २६ पुष २०७७, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको वडा ७ का चार वटा सामुदायिक विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरिएको छ । 


वडाले आफ्नो क्षेत्रभित्र रहेका श्रम राष्ट्रिय माद्यमिक विद्यालय, पशुपति मित्र माद्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय र बाल व्यवसायी केन्द्र माद्यमिक विद्यालय गरी ४ वटा सामुदायिक विद्यालयलाई उक्त सामग्री वितरण गरेको हो । 


करिब चार हजार अध्यनरत उक्त विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई खेलकुद सामाग्री वितरण समितिका संयोजक एवं वडा सदस्य कृष्णमणि भट्टराई र वडा सदस्य निर्मला पुडासैनीले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन ।

 
खेलकुद सामाग्रीमा हरेक विद्यालयलाई ५ सेट चेस बोर्ड, ५ सेट लुँडो, ५ सेट स्किपिङ्, २ सेट क्यारिम वोर्ड, ३ थान भलिवल, ५ सेट व्याटमिन्टन र ३ सेट भलिवल प्रदान गरिएको थियो ।


विद्यार्थीहरुको शारीरिक विकासका लागि विद्यालयहरुलाई खेलकुद सामाग्री प्रदान गरिएको वडा सदस्य कृष्णमणि भट्टराईले बताए । विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सहयोग गरिएको अर्का वडा सदस्य पुडासैनीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD